Search

अनलाइनमार्फत अर्डर गर्ने ग्राहकलाई घर घरमै खाद्यान्न सेवा

अनलाइनमार्फत अर्डर गर्ने ग्राहकलाई घर घरमै खाद्यान्न सेवा

बाँपीझ्याला, सुर्खेत । कोरोना महामारीका वेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले अनलाइनबाट अर्डर गरेर खाद्य वस्तु घरमा घरमै पुर्‍याइदिने गरेको छ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले नेपाल फुड अनलाइन सञ्चालन गरेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहकलाई घर–घरमा खाद्य वस्तुु पुर्‍याउने व्यवस्था मिलाएको छ ।

कोभिडको महामारीको त्रासका कारण अहिले अनलाइनबाट उपभोग्य वस्तु मगाउने क्रम बढेको कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले बताए । आजकाल अनलाइनबाटै दैनिक २–३ क्विन्टल अर्डर आउँछ । अनलाइनमा अर्डर आएमा हामीले घर–घरमा नै खाद्य वस्तुु पुर्‍याउने गरेका छौँ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो सेवा काठमाडौं, पोखरा र सुर्खेतमा सञ्चालन गरेको प्रमुख मिश्रले बताए । ‘यो सेवामा एकजना ग्राहकले कम्तीमा १ हजार ४ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको सामान खरिद गर्न सक्छन्,’ उनले भने, ‘अहिले हामीले सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा मात्र लक्षित गरेका छौँ ।’

कम्पनीले २५ केजीको जिरा मसिनो चामललाई १ हजार ५ सय ५० रुपैयाँ, ३० केजीको सोना मनसुलीलाई १ हजार ४ सय ९० रुपैयाँ र २५ केजीको अरुवा मोटो चामललाई १ हजार १ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको समेत जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!