Search

समय–संगत– ३

समय–संगत– ३

बालकृष्ण श्रेष्ठ “पासा”
२ क्रमश … यशोदा मेघराजले छोराछोरीलाई स्कुल पठाएपछि आ–आफ्नो काममा लागे, आरएन र मेघा पनि स्कुल तर्फ जाँदाजाँदै बाटोमा स्नेहा र विक्की पनि भेटिए, अन्य व्द्यिार्थीहरु पनि बाटोमा आ–आफ्नै धुनमा लागिरहेका थिए, केही दुरीको फरकमा पछाडि शरद र वसन्त पनि गंगा लगायत अरु साथीहरू संग गफ मार्दै गैरहेका थिए । अगाडि लाग्ने आरएनको समूह आफ्नो तरिकाले कुरा गर्दै जाने क्रममा स्नेहालाई हेरेर..

“स्नेहा ! यु लुक ब्युटिफुल…!! यो ड्रेसमा त रियल्ली ब्युटिफुल लुकिङ…” स्नेहाले मेघा तिर हेरेर भनिन्,..

“तिमी पनि कम छैनौ रायन् । धेरै भद्र र शालीन देखिन्छ,..अब आजदेखि तिमीले त्यो स्कुलको पर्खाल भित्र अंग्रेजी बोल्न बन्द, मात्रै अंग्रेजी कक्षा चालू होउन्जेल मात्रै हो,..“यसरी कुरा गर्दागर्दै स्कुलमा पुगे सबै । त्यो दिन शुरुआती दिन नयाँ विद्यार्थीलाई स्वागत गरिने कार्यक्रम भएकोले कसैले किताब बोकेका थिएनन् ।

विद्यालयमा जताततै तुल र कागजको माला टाँगिएको थियो, माईकमा “स्वागतम स्वागतम्” को गाना बज्दै थियो ।

विशिष्ट पाहुनालाई आमन्त्रण गरिएकोले पुर्व विद्यार्थीहरुले आगन्तुक पाहुनालाई बस्ने स्थान देखाउँदै थिए भने कोही पानीको व्यवस्थामा लागेका थिए, स्कुलमा रमाइलो वातावरण बनेको थियो ।
करीब मध्याह्न तिर कार्यक्रम शुरु भयो, साँस्कृतिक कार्यक्रम, स्वागतगान मन्तव्य आदि कार्यक्रम सकिएपछि प्रअ त्रैलोक्यले सबैलाई धन्यवाद दिंदै भोलिपल्ट देखि नै स्कुलमा पढाइ चालू हुने जानकारी दिएर कार्यक्रम टुंगिएको घोषणा गरिदिए ।

समय बित्दैगयो, रायनको समूह र बसन्तको समूह बिचमा मित्रता प्रगाढ हुँदै गयो । सबैजना स्कुलले दिएको अनुशासनमा निरन्तर हुँदैछ र कुनै टीका टिप्पणी सुन्नमा नआएको कारणले प्रअ लगायतको अन्य शिक्षक शिक्षिका पनि दंग थिए । तर नवागंतुक विद्यार्थी रायनको समुहमा अन्य अनुशासनमा कटिबद्ध भएपनि, रायनको चकचके बानीले उसलाई मौन रहन कठिन बनेको थियोे ।

पहिले पहिले गर्दै आएको बानीले तलतल लागिरहेको थियोे । त्यसैले उ कहिलेकाहीँ नजिकै बस्ने साथीहरूको किताब लुकाउने, फलफूलका बोक्राहरु अरुको झोलामा हालेर जिस्काउन भ्याईहाल्थ्यो । त्यो कृयाकलाप थाहा पाएर दिदी मेघाले एकदिन मध्यान्तरको समयमा सम्झाउने गर्थिन् । ताकि अहिलेको स्कुलबाट पनि नराम्रो टिप्पणी भएको खण्डमा बाबू मेघराजले नेपाल बाहिर नै पठाउने धम्की दिएको थियो । त्यसैले पनि रायन अलि पछि हटेको थियोे । तर उसलाई विज्ञान विषय पढ्नुपर्ने पिरियड चाहिँ घाँडो नै लाग्थ्यो ।

यता बसन्तले पनि रायनको कृयाकलापलाई निकै निगरानी राख्दैथ्यो, उसको हरेक कृयाकलाप बुझ्दा बसन्तलाई यस्तो लाग्थ्यो कि रायन स्कुलमा आउनेको कारण विद्या हासिल गर्ने होइन कि समय बिताउन मात्रै जस्तो लाग्थ्यो । तर विक्कि, मेघा र स्नेहा चाहिँ त्यस्तो थिएन । उता मेघालाई पनि भाइको चर्तीकला देखेर दिक्क नलागेको होइन । तथापि भाइलाई जसरी पनि बचाउने प्रयत्न गरिरहन्थी ।

एकदिन रायनले मध्यान्तरमा बसन्तको समुहलाई बोलाएर केही कुरा राख्ने निधो गर्यो, र डाकेर स्कुलको प्राङ्गणको छेउमा लग्यो । उनीहरू पनि साथीले केही भन्न खोजेको होला भन्ने ठानेर पछि लागे । त्यतिबेला छात्र र छात्राहरू छुट्टाछुट्टै समुहमा बाँडिएका थिए, अलि पर पुगेपछि बसन्तले सोध्न थाल्यो,..

“ल भन न त, के कुरा हो ?”
“यार, बसन्त, शरद, हेमन्त तिमीहरूलाई अलिअलि पनि भोर फिलिङ हुदैन… आई मीन अल्छी लाग्दैन ? “रायनले भन्यो । उसको कुराले बसन्त समूह चारैजनाले एक अर्काको मुख हेरेर आश्चर्य संकेत व्यक्त गर्यो,.. हेमन्तले प्रश्न राख्यो,….

“किन र, के कुरामा अल्छि मान्नु र !… “
“त्यै त, काम गर्ने होइन, भारी बोक्नुपर्छ र अल्छि गाह्रो मान्नुपर्ने…“ शरदले कुरा राख्यो, तर रायनले बिस्तारै कुरा कोट्याउनु खोज्यो…

“हेर केटाहरू, अहिले हामी टीन एजरबाट योङ एजमा पुगिसकेका छौं । आई मिन वी आर योङ्गर.. जवान के जवान, त्यत्ति पनि बुझ्दैनौ ? अहिले केटीहरुलाई देख्दा टच गरुँ कि, लुकिलुकि हेरौं जस्तो लाग्दैन ? कोही केटीको वडीटच गर्दा कस्तो कस्तो फिलिङ हुदैन तिमीहरूलाई ?” उसको कुरा सुनेर…शिशिरले भन्यो कि..

“हेर्नु साथी, शायद तपाईंलाई अझै हाम्रो स्कुलको अनुशासनबारे राम्रो ज्ञान छैन जस्तो लाग्छ, अहिले यो अंग्रेजी शब्द बोलेको हाम्रो ठूला गुरुले सुन्नुभयो भने कुखुरा बनाएर दिनभरि राखिदिनु हुन्छ । फेरि यस्तो कुरा हामीलाई सुनाएर के फाइदा र…!” उसको कुरा सुनेर विक्कि र रायन् हाँस्न थाले र रायनले…

“ओ माइ गड… के हो यो ठूला गुरु साना गुरु भनेको.. तिमीहरू त साँच्चिकै किताबको किरा नै रहेछौ, जमाना अनुसार चल्न जान्नुपर्छ के शिशिर ब्रो.. …

मलाई तपाई भन्ने होइन, जस्ट यु… आई मिन तिमी… भन्ने… तिमीहरू यत्रो लाठे योङ भै सक्या छौ,… ए विक्की सम्झ्याई देन यार…“विक्की तर्फ हेरेर भन्यो …फेरि हेमन्त अगाडि सर्यो र भन्न थाल्यो..

“हुन त हो तिमीहरू दुवैको कुरा सही हो, रायनले भनेको कुरा पनि गलत होइन.. हामी विद्यार्थी हौं, हामीले स्कुलमा आएर अनुशासनमा बस्नुपर्छ भन्ने कुरा शिशिरको पनि सही हो… तर सँधै बुकमा लेखिएको मतलब किताकमा भएको कुरा मात्रै पनि पढेर पनि हुदैन त, कहिलेकाहीँ यसो बाहिरी वातावरण पनि बुझ्नुपर्छ,…“उनको कुरा सुनेर शरदले भन्यो,..

“बाहिरी कुरा पनि किताबमा आईहाल्छ नि त, युरोप, अमेरिका जापान चीनको इतिहास देश सबै कुरा पढेकै छौं त…“

रायन झन् जोड्ले हाँस्दै…“ ह्वाट् अ जोक..यार…“ त्यही बेला घण्टी बजेको आवाज आयो, सबैजना कक्षाकोठामा जान थाले, उनीहरू पनि जाँदाजाँदै रायनले फेरि भन्यो… “हेर साथीहरू भोलि फ्राइडे हो, हामीसंग हिंड् तिमीहरूलाई सबै कुरा भन्छु…” भन्दाभन्दै कक्षाकोठामा पुगे ।

केहीबेर अगाडिको रायनको कुराले शरदलाई कौतुहल लागिरहेको थियोे । “बडी टच,…योङ…” शब्दको बारेमा निकै गहिरिएर सोच्न थालेको थियो, यो जवान भनेको कस्तोलाई भनिन्छ भनेर सोच्दै थियोे कक्षामा, पल्लो छेउबाट मेघाले हेमन्तलाई हेरिरहेकी थिइन्, कसो कसो हेमन्तको आँखा पनि ठ्याक्कै उनीसँग जुध्न पुग्यो, तर उ झसङ्ग भयो, के कस्तो भएको उनले बुझ्न सकेन ।

यता शिशिरलाई रायनले भनेको ’किताबको किरा’ भन्ने वाक्यले घच्घच्याउन थाल्यो, हामी कसरी किताबको किरा भयौं, हामीले त पाठ पो पढेका छौं त,…भन्ने सोच्न थालेको थियो, तर बसन्तलाई भने रायनको कुरामा केही दम छ.. हुन पनि हो, स्कुल घर, घर स्कुल.. यो भन्दा अर्को संसार त छैन,.. पोखरा भनेको छ, यस्तोउस्तो भनेर पढाएको छ, जनकपुरमा जानकी मन्दिर छ भनेर पढाएको छ, तर त्यो ठाउँ कस्तो छ भन्ने थाहा छैन,..आदि ईत्यादि कुरामा कौतुहल लाग्न थाल्यो,…!

उता मेघा पनि आज एक्कासी टोलाउन थालिन्, कक्षामा शिक्षिका अरुणाले स्वास्थ्य शिक्षा पढाउँदै थिईन् मानिसको शरीरको ईन्द्रियहरुको बारेमा त्यता ध्यान थिएन तिनको…एक्कासि अरुणाको आवाजले…–

“मेघा…!”
उनी झस्केर..“ यस म्याम..“ भन्दै उठिन्.!
“मैले के भनिरहेकी छु सुनेकी छौ ..??“ अरुणाले अलिक कडा स्वरमा सोधिन्..!
“ य…यस..म्याम् !..”

अकमकाउँदै भनिन् मेघाले.. । फेरि अरुणाले भनिन् कि… “मैले कुन शिर्षकमा के भन्दैछु थाहा छ..? भन त..“ मेघाले जवाफ दिईन्

“हामी मानिसको शरीरमा भएको ईन्द्रियहरुको बारेमा भन्नुभएको हो ।“.
“हो, तर तिमी किन टोल्हाएर बसेकी.. ध्यान दिएर सुन, हाम्रो शरीर पनि पृथ्वी जस्तै ५ तत्वले बनेको छ जसलाई ज्ञानेन्द्रीयको रुपमा जान्दछौं…“ भन्दै पढाउँदै गइन् ।

कक्षा सकिएपछि सबैजना निस्के, हेमन्त र शिशिर अलि अगाडि थिए, मेघा र स्नेहा उनीहरुको पछाडि लाग्दै थिए, स्कुलको प्राङ्गणबाट निस्केपछि बाटोमा जाँदाजाँदै मेघाले हिडाईँको गति अलि बढाएर हेमन्त र शिशिरलाई भेट्ने कोशिश गर्दै थिईन्, स्नेहाले सोधिन्

“मेघा किन कुदेकी..” तिनको आवाज सुनेर हेमन्त पनि पछाडि फर्केर हेरेको मात्रै के थियो, पूनः एकपटक मेघासंग आँखा जुध्न पुग्यो, एकछिन हेराहेर भैरहेको बेलामा.. स्नेहाको आवाजले दुवैजना झस्किए,..

”ह..हैन..! “मेघाले स्वर निकाल्दै थिईन् पछि हल्का लजाए झैं गरेरे स्नेहाको हात समातेर अगाडि बढिन् । यता हेमन्त अचम्मित भएको थियोे, उनीसँगको आँखा जुधाईमा कता कता केमा छुएको केले अव्यक्त पीडा दिएको महशुस गर्न थाल्यो ।

नजानिदो मुस्कान छोडेर अगाडि जाँदा शिशिरले उनको हाउभाउ देखेर झनै आश्चर्य मान्न थाल्यो, उसको मनले कल्पना गर्दै थियोे, तिनले उसलाई हेरिन्, उसले तिनलाई हेर्यो, एकजना टाउको निहुर्याएर अगि बढिन् यो हेमन्ते चाहिँ फिस्स हाँसेर हिन्यो.. कुरा के हो..?’ यसरी सोच्दासोच्दै दोबाटोमा पुगे । सबैजना आ–आफ्ना बाटो लागे । रायनको समूह तल्लो बाटो लागे भने बसन्तको समूह माथिल्लो बाटोमा । केही पर पुगेपछि फेरि एकपटक दुवैजनाले फर्केर हेरे.. अरुले ध्यान नदिए पनि शिशिरले देखिरहेको थियोे,…

“सँधैभरि भेटिरहने साथीहरूलाई पनि के फर्कि फर्कि हेर्नुपर्ने हो..!“ शिशिरले भन्यो। शरदले जवाफमा भन्यो…

“आँखा भएपछि हेर्दैन त.. के कुरा गर्छ यो शिशिरे…!“ उसको कुरा सुनेर बसन्तले प्रसङ्ग बदल्दै भन्यो….

“यो हेर्ने फेर्नेको कुरा छोड, बरु त्यो रायन भन्नेले भोलि स्कुल छुटेपछि फर्किंदा धेरै कुरा गर्नुछ भन्दैछ कस्तो कुरा होला…“शंकास्पद रुपमा भन्यो, उसको कुरालाई समर्थन जनाउँदै हेमन्तले भन्यो,….” खै हो… खूब अंग्रेजी मिसाएर बोल्नुपर्ने के कसैले नपढेको बोर्डिङ स्कुल पढेर आएको जस्तो… ”
क्रमशः …४

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!