Search

१३ वर्षभन्दा कम उमेरका बच्चा भएका १५ लाख आमाले अमेरिकामा जागिर छोडे

१३ वर्षभन्दा कम उमेरका बच्चा भएका १५ लाख आमाले अमेरिकामा जागिर छोडे

बाँपीझ्याला, एजेन्सी । कोभिड १९ को संक्रमणको कारणले संसारभरीका आमा–बुवाको जीवनमा परिवर्तन ल्याएको छ । स्कूल र कामकाजका स्थल बन्द हुँदाको असर सबैभन्दा बढी असर आमा, बुवामाथि परेको छ । विशेषगरी यसबाट आमा बढी प्रभावित भइरहेका छन् । अमेरिकाको जनवरी सन् २०२१ सम्म यो आँकडा चिन्ताजनक छ ।

सन् २०२० मा अमेरिकामा १३ वर्षभन्दा कम उमेरका बच्चाका १५ लाख आमा ९८ प्रतिशतले आफ्नो जागिर छोड्नुपर्यो जबकी सामान्य कामकाजी महिलाको मामिलामा यो आँकडा ५.३ प्रतिशत छ । यसैगरी १३ वर्षभन्दा कम उमेरका बच्चा भएका ५.६ प्रतिशत पिताले काम छोड्नु पर्यो ।

अमेरिकन साइकोलोजिकल असोसिएसन (एपीए) का अनुसार अमेरिकामा कोरोना संकटका बेला आमा–बुवा अन्य मानिसहरुको तुलनामा बढी समस्यामा छन् । यूनिभर्सिटी कलेज लण्डनसँग जोडिएका एलिस पोलले बेलायतमा थुप्रै आमा–बुवा उच्च स्तरको चिन्ता, तनाव र डिप्रेसनसँग जुधिरहेका छन् । परिवारको आर्थिक स्थितिमा गिरावट हुँदा परिवारमा थप चिन्ता परेको छ ।

उता जर्मनीको क्याथरिना बोशे व्यावसायिक रुपमा वकिल हुन् र तीन सन्तानकी आमा हुन् । उनी भन्छिन्, ‘केही दिनभित्रै सबैकुरा हातबाट निस्कियो । छोरीहरुको स्कूल १४ महिनासम्म बन्द भयो । केही समयका लागि ती खुले पनि । तर यसले हाम्रो दिनचर्या पूर्ण रुपमा फेरिदियो । छोरीहरुलाई अनलाइन कक्षामा मद्दत गर्नुपर्छ ।

आफ्नो कामका लागि शान्तिपूर्ण समयको आवश्यकता छ । यस्तोमा म अबेर राती वा बिहान ४ बजेदेखि ८ बजेबीच काम गर्दथेँ ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!