Search

लघुकथा–खुसी

लघुकथा–खुसी

मिसु श्रेष्ठ
“छोराको स्कुलमा बार्षिक कार्यक्रम रैझछ । “उनलाई जान संकेत गरेँ । उनले सधैं झैँ तिमी जाऊ न ! भने
जाऊ झैँ खासै लागेको हैन । छोराको मन राख्न गएँ । औपचारिक कार्यक्रम सकियो ।
विद्यार्थीहरुको प्रतिभा प्रदर्शनका विभिन्न कार्यक्रम भए । सबका अभिभावकहरू आफ्ना छोराछोरीलाई मञ्चमा देख्दा उत्साहित भए तर, मेरो लागि त्यो क्षण आएन ।

मलाई देखेर छोरो प्रकाश खुसीले उत्ताउलो भएको महसुस गरेँ । स्वयंसेवकको बिल्ला लगाएर पानी, चिया–खाजा बाँड्नेमा रहेछ । मलाई पानी ल्याइदियो । साथीहरुसँग परिचय गरायो । च्याप्प समातेर सुस्तरी भने– “खैँ ! मेरो छोरा त केहीमा भाग लिएनछ ।” ऊ बिल्लातिर हेर्दै भाग्यो ।

पढाइमा उत्कृष्ट विद्यार्थी घोषणा गरे। हाजिरी जवाफ, हिज्जे, वतृत्व कला, निबन्ध प्रतियोगिता , खेलकुद लगायतका विधामा पुरस्कार वितरण भयो तर उसको नाम सुन्न पाइएन ।

उसलाई बोलाएर सोधेँ – तिमीले चित्र बनाउँथ्यौ , कम्पिटिसन छैन ? –ञकुन्नि थाहै छैन । भन्यो
छोराछोरीका पुरस्कारहरु – क्लासटप, बक्तृत्व …झभन्दै छेउकी महिला म तिर हेरिन् । मलाई कता कता हिनतावोध भयो ।

खाजा ममी झभन्दै ल्याउँदै थियो । म नखाने, सके जस्तो छ जाऔँ भने । बस्नु भन्नू भएको छ, टिचरले ! भनेर गयो । गेट निर पुग्दै थिएँ । “हामी सबैको प्रतीक्षाको घडी समाप्त हुँदैछ । आजको कार्यक्रमको मूख्य आकर्षण !!.

प्रदेशस्तरिय चित्रकला प्रतियोगिताको नतिजा सुन्ने । आफ्ना प्रतिस्पर्धिलाई उछिन्दै हाम्रो विद्यालयको होनहार विद्यार्थी, जो समाजसेवामा समेत रुचि राख्छन् – भाइ प्रकाश ! प्रथम् स्थान हासिल गर्न सफल भएका छन् । अभिभावक सहित पुरस्कार ग्रहण गर्न आउनुहुन हार्दिक अनुरोध छ ।” प्रकाश ! प्रकाश !! गुञ्जियो ।

ऊ खुसी हुँदै मलाई तानेर मञ्चमा पुर्यायो । खुसीले उसलाई जुरुक्क उचालेँ । र ..उसको यो गन्तव्यलाई प्रकाशित बनाउने प्रण गरेँ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!