Search

पत्रकार रविन्द्र गौतमलाई फोक्सोमा समस्या देखिएपछी काठमाण्डौं रिफर

पत्रकार रविन्द्र गौतमलाई फोक्सोमा समस्या देखिएपछी काठमाण्डौं रिफर

अजय प्रधान,
बाँपीझ्याल, काठमाण्डौं ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्य समिति सदस्य एवं अन्नपूर्ण पोष्टका दोलखा संवाददाता रविन्द्र गौतमलाई केही दिन देखि ज्वरोले च्यापिएपछी घरमै बस्नु भएको थिए । तर आज एक्कासी सास फेर्न गार्हाे भएपछि परिवारका सदस्यले नजिकैको चरिकोट अस्पताल लिएर गए । एक्सरे गरेर हेर्दा छातीको ७० प्रतिशत जति भाग निमोनियाले खाईसकेको बताउर्दै प्रारम्भिक उपचारमा खटिएका डाक्टर विनोद दंगालले आईसीयु भएको ठाउँमा लैजान सुझाए ।

सोही सल्लाह अनुसार पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपशंकर चौलागाईको विशेष सक्रियता र सहयोगमा अन्नपूर्ण पोष्टका पूर्व जिल्ला संवाददाता एवम् काठमाडौंमा कार्यरत दोलखाली पत्रकार सुवास योञ्जनले अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी संग समन्वयमा काठमाण्डौ लगिएको छ ।

यसबारेमा पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईंसंग सम्पर्क गर्दा फोक्सोमा समस्या देखिएकोले वहाँलाई भेन्टीलेटरमा राखेर उपचार गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार उपचारको लागि हेलीक्याप्टर व्यवस्था गरेर काठमाण्डौं पठाईएको बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!