बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोरोनाभाइरसका ७ हजार ५९८ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या ५ लाख १३ हजार २४१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा १८ हजार ९६५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट १९३ जनाको मृत्यु भएको छ ।