Search

प्रभावशाली नेता स्व.पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेसन’ स्थापना गरिने

प्रभावशाली नेता स्व.पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेसन’ स्थापना गरिने

बाँपीझ्याला, काठमाण्डौं । कोभिड १९ को संक्रमणबाट गत बैशाख २८ गते मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा स्वर्गारोहण हुनु भएका दोलखाका प्रभावशाली नेता एवं बागमती प्रदेश सदस्य स्व.पशुपती चौलागाईको १३ औँ दिनको पुण्य तिथिमा जिल्ला कमिटी दोलखाद्वारा भर्चुअल माध्यमबाट आज स्मृति कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त भर्चुअल स्मृती सभा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का नेता स्व.पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेसन’ स्थापना गरिने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहुन भएका मन्त्री गुरुङले स्व.चौलागाईंले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपनालाई पूरा गर्न उक्त फाउन्डेसनमार्फत सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । यसै गरी वहाँले अगाडी भन्नु भयो “उहाँको योगदानको सधैँ संरक्षण गर्नुपर्ने दायित्वप्रति सधैँ समर्पित रहने छु, त्यसका लागि उहाँको नाममा परिवारका साथ सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच छ ।” प्रतिष्ठान परोपकारी संस्थाका रुपमा सञ्चालन हुने र त्यसमा आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर राजनीतिक चेतनासँगै कम्युनिष्ट आन्दोलनमा समाहित भई स्व चौलागाईं आन्दोलनको नेताकै हैसियतमा निधन भएको स्मरण गर्दै उहाँले दोलखा र सिङ्गो मुलुकप्रति गरेको योगदान सधैँ जीवित रही वहाँ अमर रहने अभिव्यक्त दिनु भयो ।
स्वर्गिय चौलागाईं युवा सङ्घका पूर्वअध्यक्ष र पछि पार्टीको वाग्मती अञ्चल कमिटीको इन्चार्जसमेत बनेका थिए । चौलागाईंका श्रीमतीसहित एक छोरा र दुई छोरी हुनु हुन्छ ।

यसै गरी उक्त स्मृती सभा भर्चुअल कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले स्व.चौलागाईंले दोलखा र समग्र नेपालको विकासमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उनका सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । नेता लालकुमार केसीले नेता चौलागाईंको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताए । एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्व.चौलागाईंमार्फत प्राप्त गरेका महत्वपूर्ण उपलब्धिलाई प्रतिष्ठानमार्फत संस्थागत गर्दै जानु पर्ने कुरामा जोड दिनु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment