Search

भूवन केसी अभिनित ‘मिस्टर नेपाली’ युटुबमा

भूवन केसी अभिनित ‘मिस्टर नेपाली’ युटुबमा

८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र सार्वजनिक गरिएको हो । शुक्रबार सार्वजनिक भएको यो चलचित्रलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको छ ।

यो चलचित्रमा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरु साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

चलचित्र ‘मिस्टर नेपाली’ डेढ बर्ष अगाडि नेपाली हलहरुमा रिलिज भएको थियो । प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment