Search

८ हजार ५९१ सङ्क्रमित थपिए, ८ हजार ८४८ कोरोनामुक्त, १२९ को मृत्यु, हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित

८ हजार ५९१ सङ्क्रमित थपिए, ८ हजार ८४८ कोरोनामुक्त, १२९ को मृत्यु, हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित

८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोरोनाभाइरसका ८ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ ।

हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित भएका छन् । हाल एक लाख १५ हजार ८०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना लागेका तीन लाख ८३ हजार ६८४ जना कोरोनामुक्त भएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हाल ८६६ जना क्वारेन्टिनमा छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!