बद्री दाहाल,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला कालिञ्चोक गाउँपालीका वडा नं. ५ स्थित लापिलाङ सिल गरिएको छ । उक्त वडामा दिन प्रतिदिन संक्रमीतको संख्या बढ्दै गएकोले बिहीबार राति १२ देखि १२ गते राती १२ बजेसम्मका लागि सिल गरिएको छ ।
दोलखा जिल्लामा निषेधाज्ञा जारी भएपनी कालिञ्चोक गाउँपालीका वडा नं. ५ लापिलाङमा भने भिडभाड हुने कामहरु रोकिएको थिएन । यसै गरी बढ्दै गएको संक्रमणलाई रोक्नको लागि लापिलाङलाई सिल गरिएको र अति आवश्यक सेवाहरु बाहेक अन्य रोक लगाएको छ भनी उक्त वडाका वडाध्यक्षले सुवास थामीले बताउनु भयो ।