अजय प्रधान, बद्री दाहाल ।
बाँपीझ्याला, दोलखा । चरिकोट अस्पताल दोलखाले पछिल्लो २४ घण्टामा १९३ जनामा पिसिआर परिक्षण गरिएकोमा ८६ जना नयाँमा कोरोना संक्रमण पुष्टी गरेको छ । यसमा सबभन्दा बढी संक्रमण पुष्टी कालिञ्चोक गाउँपालीकामा २५ जना रहेको छ ।
त्यसै गरी बैतेश्वर गाउँपालीकामा महिला १६, पुरुष ८ गरी २४ जना, तामाकोशी गाउँपालीकामा महिला ७, पुरुष ९ गरी १६ जना, भीमेश्वर नगरपालीकामा १० जना, जिरी नगरपालीकामा १० जना र गौरीशंकर गाउँपालीकामा १ जना गरी जम्मा ८६ जना नयाँ संक्रमण रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आज प्रकाशित स्वास्थ्य प्रतिवेदनमा जनाईएको छ । यसै कोरोना निको हुनेको संख्या १६ जना रहेको छ ।