Search

एमाले कार्यदलकाे बैठक १ बजे बस्दै

एमाले कार्यदलकाे बैठक १ बजे बस्दै

बाँपीझ्याला, काठमाण्डौं । नेपाल पक्षका नेता तथा कार्यदलका सदस्य रघुजी पन्तकाअनुसार आज दिउँसो १ बजे पुनः कार्यदलको बैठक बस्ने तयारी भएको बताउनुभयो । सिंहदरवारमा दिउँसो १ बजे बैठक राखिएकाले अन्तरिक विवाद समाधानार्थ आवश्यक छलफल हुने उहाँले जानकारी दिनुभयो । उता नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा भाग लिन बुढानिलकण्ठ पुग्नुभएको छ । त्यसले कार्यदलको बैठकलाई सहयोग नपुग्ने केही नेताहरुको बुझाई छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमत जुटाएर प्रधानमन्त्रीमा नियुक्त हुनेले उपधारा ६ अनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, उपधारा ७ अनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था गरेको छ ।

राष्ट्रपति भण्डारीको आव्हानअुसार साँझ ५ बजेसम्म बहुमतको सरकार गठनमा दलहरु असफल भएमा स्वतः देशको राजनीति उपधारा ७ अनुसार अगाडि बढ्ने धेरैको बुझाई छ । यद्यपि ५ बजेसम्म समय कायमै रहेकाले एमाले एकतावद्ध हुनसकेमा अध्यक्ष ओलीकै नेतृत्वमा जसपाका महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याएर पुनः बहुमतको सरकार गठन हुने सम्भावना पनि जीवितै छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!