Search

विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ८ सय ५९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ८ सय ५९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

बाँपीझ्याला, काठमाण्डौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ८ सय ५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्ने गरिएको छ । तीमध्ये १ हजार ४ सय ९७ वटा गाडी र ३ हजार ३ सय ६२ वटा मोटरसाइकल रहेका छन् ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय ३४ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । ३ हजार ६ सय ७ जनालाई सम्झाइ बुझाइ गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १९ हजार ७ सय ९७ जनालाई सचेत गराईएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!