Search

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

बाँपीझ्याला, काठमाडौं । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड(१९ संकट व्यवस्थापन २०७८ अध्यादेश जारी गरेकी हुन् ।

वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन् । त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!