Search

प्लाष्टिक घर भित्र गोलभेडा खेती प्रविधि

प्लाष्टिक घर भित्र गोलभेडा खेती प्रविधि
लोक शास्त्र श्रेष्ठ
कृषि विज्ञ


परिचय

गोलभेडाको उत्पति स्पानिस पछि अमेरीका र क्यानडामा भएको भनाई छ । गोलभेडा तरकारीको जातहरु मध्येमा र आय आर्जनको हिसावले सबैभन्दा महत्वपूर्ण बाली हो । यसको खेती तराई र भित्री मधेशमा हिउँदमा गरिन्छ भने पहाडमा बर्षात् तथा गर्मीमा गर्न सकिन्छ र साथै प्लाष्टिक घरको साहायताले पहाडमा यसको खेती बर्षै भरी गर्न पनि सकिन्छ । असार देखि कार्तिक सम्म उत्पादन गर्दा यसको भाउ प्रति के.जी. रु. ३५–१०० सम्म हुन्छ जसका लागी बाली संरक्षणमा विशेष ध्यान पु¥याउनु पर्दछ । यस गोलभेडामा विशेष गरी भिटामिन ए, बी १, बी ४, सी, ई, खनिज, क्यालसियम र फोसफोरस प्रशस्त मात्रामा पाईन्छ । साथै यसले रगत सफा गर्ने, पाचन शक्ति बढाउने काम र स्वास्थ्यको लागि उपयूक्त फल मानिन्छ किनकी यसमा लाईकोपिन तत्व पाईन्छ । यसको उपयोग अचार, तरकारी र सलादको रुमपमा प्रयोग गरिन्छ र साथै केटचप, सुकाएको चाना र ससको रुपमा प्रशोधन गरिन्छ ।

हावापानी

गोलभेडा खेती खासगरी बर्षात् तथा गर्मी बालीको रुपमा लगाईन्छ । यसको खेती ६०—२५०० मि. उचाईसम्मको तराई देखि हिमाली क्षेत्रसम्ममा गर्न सकिन्छ तर ५० सेन्टिग्रेड तापक्रम भन्दा कम ठाउँमा बोट मर्दछ । फल लाग्नको लागि २०—३०० सेन्टिग्रेड तापक्रम भएको क्षेत्र उपयुक्त मानिन्छ तर ३५० सेन्टिग्रेड तापक्रम भन्दा बढि भएको ठाउँमा फुलमा भएको पराग सुकेर फल नलाग्ने हुन्छ । खासगरी फल लाग्न र फुल झर्नबाट बचाउनको लागि रातको तापक्रम कमसेकम ११—२१० सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ अन्यथा तापक्रम तल माथि भएमा फल नलाग्ने र फुल झर्ने हुन्छ । बढी बर्षा, तुषारो र तापक्रम कम भई रहने ठाउँमा यसको खेती सफलतापूर्वक गर्न सकिदैन अर्थात प्लाष्टिक घरमा खेती गर्नु पर्ने हुन्छ । बेमौसमी गोलभेडा खेती पहाडमा १००—२६०० मिटर उचाईसम्म प्लाष्टिक घरको साहायताले सफलपूर्वक गर्न सकेको रेकर्ड पाईएको छ ।

माटो

सफलतापूक गोलभेडा खेती गर्नको लागी प्राङ्गारिकयूक्त हल्का बलौटे तथा दोमट पाँगो माटो राम्रो हुन्छ । माटोको पी.एच ६—७ को बीचमा भएको राम्रो मानिन्छ ।
उपयुक्त जातहरु र रोप्ने समय

बीउ दर

६ ग्राम प्रति रोपनी जग्गाको लागि सिफारिस गरिन्छ वा प्रति रोपनी जग्गाको लागि ८००–१००० जति बेर्ना आवश्यक्ता पर्दछ । तर जग्गाको आकार र भौगोलिक बनावटमा भर पर्दछ ।

नर्सरी व्यवस्थापन तथा बेर्ना उत्पादन

  • पानी नजम्ने जग्गामा ड्याङ्ग तयार गर्नको लागि १ मिटर वा २ हात चौडाई, १५ से.मी. वा १ वित्ता उचाई र लम्बाई आवश्यक्ता अनुसार (१० ग्राम वीउको लागि १० मिटर वा २० हात) उत्तर र दक्षिण दीशा पारेर रेखाङ्कन गर्ने ।
  • खनजोत गर्ने र खनजोत गरिसकेपछि रेखाङ्कन गरे बमोजिम ड्याङ्ग उठाउने । ड्याङ्ग तयार गरेपछि माटोको डल्ला फुटाई ढुङ्गा, छेस्का र झारपात केलाउने र माटोलाई बुर्बाराउँदो वा चिनी जस्तो मसिनो पारी सम्याउने ।
  • १ वर्ग मिटर वा २ हात चौढाई र २ हात लम्बाई व्याडको लागि ५ के.जी. राम्रोसँग पाकेको गोबर मल हाल्ने वा २० हात लम्बाईको लागि ५० के.जी. गोबर मल हाल्ने ।
  • माटो उपचार रासायनिक विषादी, जैविक विषादी र माटो निर्मलीकरण मध्ये एक तरिकाले गर्न सकिन्छ । माटो निर्मलीकरण तरिकाबाट वातावरण तथा पर्यावरणलाई असर पार्दैन ।
  • व्याडमा ८–१० से.मी. (४ औंल) को फरकमा धर्सो कोर्ने, धर्सो कोर्दा २ से.मी. (१ अंगुल) को गहिराईमा कोर्नु पर्छ, वीउ रोप्दा २–३ से.मी. (२ औंल)को फरकमा एक एक वटा गरी रोप्नु पर्छ र वीउ रोपी सकेपछि माटोले राम्ररी हल्कारुपले छोप्ने ।
  • हत्केलाले हल्का थिच्ने र छापो हाली हल्का सिँचाई गर्ने ।
  • बेलाबेलामा बेर्नाहरुको हेरचाहा गर्ने जस्तै टुसा आउने वितिकै छापो हटाउने, पानी दिने, मल तथा विषादी हाल्ने, घाम तथा पानीबाट जोगाउन छानो हाल्ने आदि ।

बेर्ना सार्ने समय

अगौटे जातको लागि नर्सरीमा बीउ छरेको २०–३० दिन भित्र बेर्ना सार्नु पर्दछ र मध्यम र पछौटे जातको लागि २०–४० दिन भित्रमा बेर्ना सारी सक्नु पर्दछ ।

जग्गाको तयारी

प्लाष्टिक घर भित्र २–३ पटकसम्म जग्गा राम्रोसंग गहिरो खनजोत गर्नु पर्दछ । त्यसपछि १.२५ मिटर चौडाई र १५ से.मि. उचाई भएको ड्याङ्ग बनाई सम्याउनु पर्दछ । ६मिटर चौडाई र १५ मिटर लम्बाई भएको प्लाष्टिक घरमा बाटो सहित ४ वटा ड्याङ्ग बनाउन सकिन्छ भने १ रोपनी जग्गामा ५ वटा प्लाष्टिक घर बनाउन सकिन्छ ।

मलखाद्

प्रति बोट विरुवा रोप्नको लागि १ वित्ता गोलाई र १ हात गहिराई भएको खाडलमा ५ किलो गोबर मल, कुखुराको मल २५० ग्राम, मासुको धुलो १६० ग्राम, पिना २० ग्राम चाहिन्छ । यिनीहरुलाई माटोमा राम्रोसंग घोल्नु पर्दछ ।

बेर्ना सार्ने तरिका

ड्याङ्गमा हार देखि हारको दुरी ९० से.मि. र बोट देखि बोटको दुरी ५० से.मि. हुनु पर्दछ । त्यस अनुसार खाल्डो खनेर माथि तोकीएको अनुसार मल खाल्डोको माटोसंग मिलाउनु पर्दछ र बेर्ना सार्दा राम्रो जरा भएको सार्नु पर्दछ ।

थप मलखाद्

झोलमा पाईने २ देखि ३ प्रकारका जैविक शुक्ष्म खाद्यतत्व १५ दिनको फरकमा बोटमा छर्ने र केरा र अण्डाको बोक्राको चुर्न, पिना १५ ग्राम २० दिनको फरकमा २ पटक बोटको वरिपरि माटोमा मिलाउदा बोट स्वस्थ हुन्छ । गोलभेडाको लागि क्याल्सियम र जिङ्कको कमी भएमा यसको प्रयोग गर्नु पर्दछ ।

गोडमेल

बेर्ना रोपेको २० दिनपछि एक पटक गोडमेल गर्ने र ३ पटक जति झारपात उखेल्ने गर्नु पर्दछ । यदि प्लाष्टिकको छापो दिई बेर्ना रोपेमा गोडमेलको आवश्यक्ता पर्दैन ।

सिंचाई

आवश्यक्ता अनुसार एक हप्ताको फरकमा वा माटोको प्रकार अनुसार पानी लगाउन सकिन्छ वा थोपा सिँचाई प्रविधि प्रयोग गर्न सकिन्छ ।

थाँक्रा दिने

ड्याङ्गमा रोपेको प्रत्येक गोलभेंडालाई प्रत्येक लहरमा प्रत्येक चार बोट पछि एउटा बाँसको घोचा लामो बोट हुने गोलभेंडाको लागी ६ फुट अग्लो र छोटो बोट हुने गोलभेंडाको लागी २.५ फुट अग्लो थाक्रो गाडनु पर्दछ । त्यस घोचामा बाँसको साटा तेर्सो पारेर बाँधेर थप्दै लान सकिन्छ । आजकाल सुतरीको डोरी वा बजारमा पाउने विशेष खालको थाँक्राको लागि डोरी किन्न पाईन्छ ।

काँटछाँट

बेर्ना एक फिट लामो भई सकेपछि उस्ताउस्तै सँगैबाट छुट्टिएको दुई हाँगालाई छोडेर अरु सबै हाँगा काटेर फाल्नु पर्दछ । पछिपछि आएका चोर हाँगाहरु पनि काटेर फाल्नु पर्दछ । चोर हाँगा भन्नाले फल फलेका हाँगा मुनी वा हाँगाको बीचबीचमा आउने अन्य हाँगालाई बुझ्न सकिन्छ ।

बाली संरक्षण
मुख्य किरा र रोगका रोकथामको उपायहरु

  • फलमा लाग्ने गबारो : लार्भाले फल लाग्नु अगाडि पात खान्छ । तर पातलाई भन्दा फूल र फललाई बढी रुचाउने हुँदा फल लागि स केपछि फललाई प्वाल पारेर आधा शरीर फल बाहिर राखी गुदी खान्छन् । भालेलाई मार्नको लागि (फेरोमेन पासो) हेलि ल्यूर प्रयोग गर्ने । लार्भालाई हातले समातेर मार्ने । हेली एन पी भी डेढ मि.लि. प्रति एक लिटर पानीमा मिसाएर छर्ने । निमजन्य विषादी ५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने ।
  • सेतो झिँगा : यिनीहरुले पातमा बसेर रस चुस्छ र पात पहेंलो हुन थाल्छ र साथै यसले भाईरस पनि सार्ने काम गर्दछ । त्यसकारण वियुभेरीया वेसियाना (दमन) वा व्यासिलस थुरेजेन्सिस् जरा भिज्ने गरी जरामा राम्रोसँग छर्ने ।घरेलु वनस्पती विषादी बनाई ७ दिनको फरकमा मुण्टा, पात र डाँठ भिज्ने गरी छर्ने । पहेंलो स्टिकर राख्ने ।
  • मुख्यगरी डढुवा, ओईल्याउने, फल र डाँठमा लाग्ने कालो रोग रोग र अन्य भाईरस तथा व्याक्टिेरियाजन्य रोगहरु लाग्दछ जसले गर्दा बाली नै नष्ट पारी दिन्छ त्यसकारण यस्ता रोगको लागि ट्राइकोडर्मा, फ्लोरेसेन्स वा वेसिलस सवटाइलिस र वेष्ट डिकम्पोजर जैविक वस्तुहरु प्रयोग गर्न सकिन्छ र भाईरसजन्य रोगको लागि भिरकोन एच, भिक्टो भाईरस र गहँुत प्रयोग गर्न सकिन्छ ।

सरदर उत्पादन

नोट : प्लाष्टिक घर निर्माण सम्बन्धी लेख पछि प्रकाशित गरिने छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment