अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित बितेको २४ घण्टामा चरिकोट अस्पतालमा पिसिआर १ शय ९४ जनामा परिक्षण गर्दा थप ८२ कोरोना संक्रमण पुष्टी भएको छ ।
यसरी कोरोना संक्रमण हुनेमा सबभन्दा बढी भीमेश्वर नगरपालीकामा देखिएको छ । जसमा महिला ११ जना, पुरुष ४३ गरी ५४ जना, शैलुङ गाउँपालीकामा महिला ९, पुरुष १५ गरी २४ जना, बैतेश्वर गाउँपालीकामा पुरुष २, बिगु गाउँपालीकामा १ जना र कालिञ्चोक गाउँपालीकामा १ जना गरी जम्मा ८२ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आज प्रकाशित स्वास्थ्य रिर्पोटमा जनाईएको छ ।
हालसम्म जिल्लामा संक्रिय संक्रमणको संख्या छ सय छतिस पुगेको उल्लेख गरिएको छ । यसै गरी ३९ जना अस्पतालको आईसोलेनसमा र ५९७ जना होम आईसोलेसनमा बसेको छ । यसै गरी आज २७ जना संक्रमितको संख्या निको भएका छन् । जसमा भीमेश्वर नगरपालीकामा महिला ५, पुरुष ७ गरी १२ जना, बैतेश्वर गाउँपालीकामा महिला ७, पुरुष ८ गरी १५ जना रहेका छन् । त्यसै गरी ९ जना अन्यत्र रिफर गरिएको छ ।
Related posts
-
दोलखामा अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता
नेपाल सम्वत् ११४५, प्वहेलागाः ४, नवमी (४ माघ, २०८१,... -
नाटक लेखक सुशीला शर्मालाई प्रदान गरियो साहित्यिक सम्मान
नेपाल सम्वत् ११४५ प्वहेलागाः १ ( १ माघ ,... -
भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १५( २९ पुष , २०८१)...