Search

दोलखामा आज थप ७८ जना संक्रमण पुष्टी, अहिलेसम्म जम्मा संक्रमीतको संख्या ५८१, निको हुनेको संख्या ५५ जना, ७ जनाको मृत्यु र २ वडा शिल

दोलखामा आज थप ७८ जना संक्रमण पुष्टी, अहिलेसम्म जम्मा संक्रमीतको संख्या ५८१, निको हुनेको संख्या ५५ जना, ७ जनाको मृत्यु र २ वडा शिल

अजय प्रधान / बद्री दाहाल ।
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम स्थित चरिकोट अस्पतालको १ सय ८७ जनाको पिसिआर परिक्षण गरिएकामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा भीमेश्वर नगरपालिकामा ६ जना पुरुष र ६ महिला गरि १२ जना, विगु गाउँपालिकामा ४ पुरुष र एक महिला गरि ५ जना, तामाकोशी गाउँपालिकामा १८ जना पुरुष र १६ जना महिला गरि ३४ जना, बैतेश्वर गाउँपालिकामा ८ जना पुरुष र ९ जना महिला गरि १७ जना, मेलुङ गाउँपालिकामा २ जना पुरुष र जिरी नगरपालिकामा ३ जना पुरुष र ५ जना महिला गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका ७७ जना होम आइसोलेशनमै स्वास्थ्य लाभ गरिरहेका छन् भने १ जना चरिकोट अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत सपना केसीले जानकारी दिनुभयो । आज थपिएका सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ८१ जना पुगेको छ ।

संक्रमित मध्यै चरिकोट अस्पतालमा ३० जना उपचाररत रहेका छन् । उनिहरुमध्ये ९ जनाको हाइ डिपेन्डेन्सि युनिटमा र २१ जना आइसोलेशन वार्डमा छन् । जिल्लाका संक्रमित मध्ये ९ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ ।

यसैबिच आज दोलखाका १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना मुक्त हुनेहरुमा कालिञ्चोक गाउँपालिकाका १० पुरुष र १ जना महिला गरि ११ जना निको भएका छन् भने तामाकोशी गाउँपालिकाका ३ जना पुरुष रहेका छन् ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा स्वाब संकलन गरिएका विगु गाउँपालिकाका ४३ जना, तामाकोशी गाउँपालिकाका ३६ जनाको, भीमेश्वर नगरपालिकाका २१ जनाको, शैलुङ गाउँपालिकाका ८३ जनाको, जिरी नगरपालिकाका १७ जनाको, बैतेश्वर गाउँपालिकाका ४६ जनाको र कालिञ्चोक गाउँपालिकाका ४९ जनाको रिर्पोट आउन बाँकी रहेको थाहा भएको छ ।

यसै गरी तामाकोशी गाउँपालीकाको वडा नं. ५ शहरेमा हिजो बेलुका ५ बजेदेखि आगामी जेठ ८ गते ५ बजेसम्म र गौरीशंकर गाउँपालीका वडा नं. ७ मा हिजै सोमबारदेखी जेठ १० गतेसम्म शिल गरिएको छ ।
आजसम्म जिल्लामा जम्मा सक्रिय संक्रमणको संख्या ५८१, निको हुनेको संख्या ५५ र मृत्यु हुनेको संख्या ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!