Search

दोलखामा आज थप ७७ जनामा कोरोना संक्रमण, अहिलेसम्म ५१७ जना संक्रमण, संक्रमणबाट निको हुनेको संख्या ४१ पुगेको छ ।

दोलखामा आज थप ७७ जनामा कोरोना संक्रमण, अहिलेसम्म ५१७ जना संक्रमण, संक्रमणबाट निको हुनेको संख्या ४१ पुगेको छ ।

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखामा पछिल्लो चौविस घण्टामा चरिकोट अस्पतालमा दुई सय अठार जनाको पिसिआर परिक्षण गर्दा सत्तहतर जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जस अनुसार बढी संक्रमण तामाकोशी गाउँपालीकामा देखिएको छ । तर हिजोको परिक्षणमा सबभन्दा बढी संक्रमण भीमेश्वर नगरपालकिामा देखिएको थियो ।

यसरी आज तामाकोशी गाउँपालीकामा महिला १३, पुरुष १७ गरी ३० जना, भीमेश्वर नगरपालीकामा २ महिला, ११ पुरुष गरी १३ जना, जिरी नगरपालीकामा ३ महिला, पुरुष १२ गरी १५ जना, बैतेश्वर गाउँपालीमा ५ महिला, ६ पुरुष गरी ११ जना, कालिञ्चोक गाउँपालीकामा ३ महिला, ३ पुरुष गरी ६ जना, मेलुङ गाउँपालिकामा १ पुरुष र शैलुङ गाउँपालिकामा १ महिला गरी जम्मा ७७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले जनाएको छ ।

यसै गरी दोलखामा आज कोरोना संक्रमणबाट १५ जना निको भएको छन् । बिगु गाउँपालीकामा ७ जना, शैलुङ गाउँपालीकामा ४ जना, तामाकोशी गाउँपालीकामा ४ जना गरी जम्मा १५ जना रहेका छन् । यसरी हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या जिल्लामा ४१ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ५१७ जना संक्रिय संक्रमण रहेका छन् भने कोरोना संक्रमण मध्ये होम आईसोलेसनमा ४७८ जना र अस्पतालमा ३९ जना उपचार गराई रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!