Search

एटलेटिको म्याड्रिड लिग तालिकाको शीर्षस्थानमा

एटलेटिको म्याड्रिड लिग तालिकाको शीर्षस्थानमा

३ जेठ, बाँपीझ्याला, काठमाण्डौं । गएराति भएको स्पेनिस ला लिगा अन्तर्गत ३७ औं चरणको खेलमा रोमान्चक जित दर्ता गर्दै एटलेटिको म्याड्रिड लिग तालिकाको शीर्षस्थानमा कायम रहेको छ । रियलले अवे मैदानमा एथ्लेटिक बिल्बाओमाथि जित निकालेपनि एटलेटिको म्याड्रिडले ओसासुनालाई घरेलु मैदानमा हराएपछि एटलेटिको नै अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको हो । एक समय खेलका दौरान रियल शीर्ष स्थानमा पुगेपनि एटलेटिकोले अन्त्यतिर लगातार गोल गर्दै जित हासिल गरेपछि उपाधि होडमा आफ्नो पकड कायम राख्न सफल रहयो ।

एटलेटिकोले घरेलु मैदानमा ओसासुनालाई सानदार पुनरागमन गर्दै २-१ ले हराउन सफल रहयो । ओसासुनाका आन्टे बुडिमिरले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले रुबेन गार्सियाको क्रसमा हेडरमार्फत गोल गरेका थिए । बुडिमिरको हेडरलाई गोलरक्षक यान ओब्लाकले बचाएपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त बल गोललाइन पार गरेपछि मात्र ओब्लाकले बचाएको देखाएको थियो ।


गोल खाएको ७ मिनेटमा नै एटलेटिकोले बराबरी गोल फर्कायो । जोआओ फेलिक्सको उत्कृष्ट चिप पासलाई रेनान लोडीले सदुपयोग गर्दै गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोलरक्षकले बचाउने कुनै अवसर पाएनन् ।

खेलको २ मिनेट समय बाँकी रहँदा लुइस सुआरेजले गोल गर्दै एटलेटिकोलाई रोमान्चक जित दिलाए । उनले यानिक फरेरा करास्कोको लो क्रसलाई पेनाल्टी क्षेत्रभित्र अनामार्क रहेको अवस्थामा पहिलो टचमा नै गोल गर्दै जित दिलाएका थिए ।

यता रियलले एथ्लेटिक बिल्बाओमाथि १-० को जित निकाल्न सफल रहयो । पहिलो हाफ गोलरहित बराबरीमा रहेपछि रियलले दोस्रो हाफमा अग्रता लिएको थियो । रियलका लागि खेलको ६८ औं मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र क्यसेमिरोको लो क्रसलाई गोलमा परिणत गरेका थिए ।

बार्सिलोनाले सेल्टा भिगोसँग २-१ ले पराजित
गएराति भएको अर्को खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २-१ ले पराजित भयो । कप्तान लिओनेल मेस्सीले पहिलो हाफमा गोल गरेपनि बार्सिलोनाले १० मिनेट पनि आफ्नो अग्रता जोगाउन सकेन । बार्सिलोनाले खेलको २८ औं मिनेटमा कप्तान लिओनेल मेस्सीको गोलमा अग्रता लिएको थियो ।

सर्जियो बुस्केट्सको लामो क्रसमा मेस्सीले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर पछि परेको १० मिनेट नबित्दै सेल्टा भिगोले गोल फर्कायो ।

सान्ती मिनाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले ठम्याउन नसक्दा सहज गोल भएको थियो । सान्ती मिनाले नै ८९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अंकबाट बन्चित गरे ।

अंक तालिकामा एटलेटिको म्याड्रिडको ८३ तथा रियल म्याड्रिडको ८१ अंक छ । बार्सिलोना भने ७६ अंकसहित लिगमा तेस्रो स्थानमा छ । बार्सिलोनाको लिग जित्ने सम्भावना पनि सकिएको छ । अब अन्तिम चरणमा एटलेटिकोले आफ्नो खेल जिते उपाधि पक्का गर्नेछ ।

रियलले भने उपाधि जित्न अब एटलेटिकोले कम्तिमा अंक गुमाउनुपर्ने समीकरण छ । रियलले अन्तिम खेल घरेलु मैदानमा भिल्लारियलविरुद्ध खेल्दैछ । एटलेटिकोले अवे मैदानमा रियल भालाडोलिडसँग खेल्नेछ ।

रियल र एटलेटिकोको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा रियल म्याड्रिड अघि छ । रियलले यस सिजन एटलेटिकोविरुद्ध जित र बराबरी खेलेको थियो । बार्सिलोनाले एइबारको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!