Search

सुदुर पश्चिमका विभिन्न जिल्लामा नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग

सुदुर पश्चिमका विभिन्न जिल्लामा नायक पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग

२ जेठ, बाँपीझ्याला, काठमाण्डौं । कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमण भएका मानिसहरुलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन् ।

अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएका नायक पुष्प खड्काले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

पुष्पले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन् । पुष्पले अनलाइनखबरसँग भने–‘दैनिक अक्सिजनको अभावका कारण मानिसहरुले ज्यान गुमाइरहनु परेको छ । यस्तो अवस्थामा हरेक मानिसले आफूले सक्ने सहयोग गर्न आवश्यक छ ।’

पुष्पले आफू अझै पनि विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सहयोगका लागि अगाडि बढ्ने बताए । उनले भने–‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग गर्नेछु ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment