Search

दोलखा सदमुकाम चरिकोट, शहरे र क्षेत्रमा कोरोना संक्रमणमा बृद्धी

दोलखा सदमुकाम चरिकोट, शहरे र क्षेत्रमा कोरोना संक्रमणमा बृद्धी

अजय प्रधान,
२ जेठ, बाँपीझ्याला, दोलखा ।
दोलखामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा कोरोना संक्रमीत फेला पर्दै आईरहेको बेलामा भीमेश्वर नगरपालकाका, तामाकोशी र बैतेश्वर गाउँपालीकामा कोरोनाको संक्रमण बढ्दो स्थितीमा रहेको छ । यसरी भीमेश्वर नगरपालीका वडा नं. ६, तामाकोशी गाउँपालीका वडा न. ५ शहरे र बैतेश्वर गाउँपालीका वडा नं. ८ क्षेत्रपामा कोरोना संक्रमण उच्च रहेको छ ।

हालसम्म भीमेश्वर नगरपालीका भित्र १५१ जना संक्रमित रहेकोमा नगरपालीकाको वडा नं. ६ चरिकोटमा मात्र ४६ जना कोरोना संक्रमित फेला परेको छ भनी भीमेश्वर नगरपालीकाका स्वास्थ्य संयोजक श्याम बहादुर खड्काले बताउनु भयो । वहाँका अनुसार वडा नं. ६ मा महिला २७, पुरुष १९ गरी जम्मा ४६ संक्रमीत भएको थाहा भएको छ ।

यसै गरी वडा नं. ६ चरिकोटमा बाहिरबाट आएर डेरा गरी बस्ने व्यक्तीहरुमा धेरै संक्रमित देखिएको र उनीहरुको संम्र्पकमा रहेका व्यक्तीहरुबाट अन्य व्यक्तीहरुलाई संक्रमण फैलिन्दै गएको संयोजक खड्काको भनाई रहेको छ । भीमेश्वर नगरपालीकाका वडा नं. १ देखि ८ सम्मका वडाहरुमा संक्रमितको संख्या देखिएको र वडा नं. ९ मा हालसम्म नदेखिएको समेत संयोजक खड्काले बताउनु भयो ।

यसै गरी हालसम्म तामाकोशी गाउँपालीका वडा नं. ५ शहरेमा ३३ जना, तामाकोशी गाउँपालीकामा ७३ जना रहेको छ । जसमा वडा न.५ मा मात्रै ३३ जना संक्रमित पुष्टी भएको छ । यसरी संक्रमित हुनेहरु १८ बर्ष देखि ६० बर्ष उमेरको रहेको छ ।

बैतेश्वर गाउँपालीका वडा नं. ८ क्षेत्रपामा सबै भन्दा बढी २५ जना संक्रमित रहेको छ भने उक्त गाउँपालीकामा जम्मा ४२ जना संक्रमितको संख्या देखिएको छ भनी स्वास्थ्य शाखा प्रमुख बाबुलाल लामाले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!