Search

दोलखा जिल्लामै अक्सीजन प्लान्ट स्थापना गर्ने डिसिसिएमसीको निर्णय

दोलखा जिल्लामै अक्सीजन प्लान्ट स्थापना गर्ने डिसिसिएमसीको निर्णय


अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा नै अक्सीजनको प्लान्ट स्थापना गर्ने डिसिसिएमसीले निर्णय गरेको छ । दोलखा जिल्ला डिसिसिएमसीको आज बसेको बैठकको निर्णय अनुसार उक्त प्लान्ट स्थापना गर्न लागिएको हो ।

कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएको र कोभिड संक्रमण विरामीलाई अक्सीजनको मात्रा पू¥याउने उद्देश्य राखी उक्त निर्णय गरिएको थाहा भएको छ ।

स्थानिय सरकार तथा प्रतिनिधीहरु सहभागी भएको उक्त बैठकले चरिकोट अस्पताल अथवा जिरी अस्पताल मध्य दुईमा एक ठाउँ अक्सीजन प्लान्ट स्थापना गर्ने र उक्त प्लान्ट स्थापना गर्नको लागि जिल्लाका नौवटै स्थानिय सरकारको तर्फबाट १२ लाखको दरले बजेट व्यवस्थापन गर्ने समेत निर्णय भएको छ भनी तामाकोशी गाउँपालीकाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले बताउनु भयो ।

यस कार्यको लागि चरिकोट अस्पतालमा स्थापना गरिएको बिपद् व्यवस्थापन कोषमा यथासक्य छिटो रकम जम्मा गर्ने निर्णय भएको समेत अध्यक्ष पोखरेलले बताउनु भयो ।



मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!