Search

ग्रामीण विकास टुकी संघ दोलखाका पूर्व अध्यक्ष बालानन्द शिवाकोटीको निधन

ग्रामीण विकास टुकी संघ दोलखाका पूर्व अध्यक्ष बालानन्द शिवाकोटीको निधन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला लामीडाँडा –४ स्थाई घर भएका ग्रामीण विकास टुकी संघ चरिकोट, दोलखाका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार बर्ष ७१ को बालानन्द शिवाकोटीको आज २०७८ बैशाख ३१ गते काठमाण्डौं चावहिल स्थित हेल्पीङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको छ । निजको दुई छोरा दुई छोरी हुनु हुन्छ ।
ग्रामीण विकास टुकी संघमा २०४९/४/३१ देखि २०५३/६/६ सम्म र मिति २०५३/६/७ देखि २०५६/९/९ सम्मको दुइ कार्यकाल अध्यक्ष पद सम्हाली कुशलता पूर्वक यस संघको नेतृत्व गर्नु भएको थियो ।

यसै गरी वहाँको सम्झनामा ग्रामीण विकास टुकी संघ दोलखाका बर्तमान अध्यक्ष रोजकुमारी चौलागाईं र कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले स्वर्गिय आत्माको चिरशान्तीको कामना सहित शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वदेना व्यक्त गरी शोक बक्तव्य निकाल्नु भएको छ । यसै गरी उपाध्यक्ष रिने शेर्पाको नामबाट शोक सन्देश बिज्ञप्ती निकाल्नुका साथै टुकी संघ चरिकोटमा वहाँको चिरशान्तीका कामना सहित श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

शोक सन्देश


यस ग्रामीण विकास टुकी संघको पूर्व अध्यक्ष एवं सल्लाहकार श्री बालानन्द शिवाकोटीज्यूको यहि बैशाख ३१ गते शुक्रबारका दिन असामयिक निधन भएको दुःखद् खबरले यस संघ परिवारलाई अत्यन्तै मर्माहत र शोकाकुल बनाएको छ ।

यस संघको एक अविभावकको भूमिकानिर्वाह गरिरहनु भएका सरल, सहयोगी र अविचलित स्वभावकाधनीवाहाँको आत्माको चिर शान्तिको कामनागर्दछौं । यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्तीमिलोस भन्दै हार्दिक समवेदनाव्यक्तगर्दछौं ।


आदणीय बालानन्दशिवाकोटीलेमिति २०४९/४/३१ देखि २०५३/६/६ सम्म र मिति २०५३/६/७ देखि २०५६/९/९ सम्मको दुइ कार्यकाल अध्यक्ष पद सम्हाली कुशलता पूर्वक यस संघको नेतृत्व गर्नु भएको थियो । उपलब्धीमा दम्भ नगर्ने र समस्यामा हतोत्साही नहुने वाँहाको बिशिष्ठ गुण यस संघको छवी उच्च राख्नमा सहयोगसिद्ध रहन पुग्यो ।

हामीले बालानन्द शिवाकोटीजस्तो शालिन, विकासपे्रमी, परिपक्व र ब्यवहारीक अभिभावकलाई गुमाएका छौं । यस अर्थमाउहाँको असामयिक देहावसान यस संघको लागिअपुरणीय क्षतिहो । हामीलाईउहाँको अभाव सदैव खड्की रहनेछ । पुनः स्वर्गीय पूर्व अध्यक्षतथा सल्लाहकार बालानन्द शिवाकोटी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
……………
रिने शेर्पा
उपाध्यक्ष

३१ बैशाख २०७८

भावपूर्ण श्रद्धान्जली

यस ग्रामीण विकास संघका पूर्व अध्यक्ष एवं सल्लाहकार श्री बालानन्द शिवाकोटीज्यूको दुखद निधनले यस संघ परिवारलाई मर्माहत बनाएको छ । यस संघको एक अविभावकको भूमिका निर्वाह गरिरहनु भएका सरल, सहयोगी र अविचलित स्वभावका धनी वाहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं । यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ती मिलोस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।

स्वर्गिय बालानन्द शिवाकोटी



रोच कुमारी चौलागाईं
अध्यक्ष,
तथा
पुरुषार्थ श्रेष्ठ
कार्यकारी निर्देशक
एवं
ग्रामीण विकास टुकी संघ परिवार, चरिकोट, दोलखा ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment