Search

दोलखामा फेरी निषेधाज्ञा , जेठ १५ सम्म पुर्ण रुपमा बन्द

दोलखामा फेरी निषेधाज्ञा , जेठ १५ सम्म पुर्ण रुपमा बन्द

बद्री दाहाल
बाँपीझ्याला, दोलखा ।
कोभिड १९ संक्रमणबाट दोलखा जिल्लावासीहरुलाई संक्रमणबाट बचाउनको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले गत वैशाख २२ गते बाट आज ३१ सम्म निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञा संग संगै जिल्लामा कोरोना संक्रमणको संख्या तिव्र रुपमा बढ्दै गएकोले भोली जेष्ठ १ देखि जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको जानकारी सहीतको बिज्ञप्ती प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज जारी गरिएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणको संख्या आजसम्ममा ४१० पुष्टी भईसकेको छ । जसमा भीमेश्वर नगरपालीकामा संक्रमणको संख्या बढी देखिएको छ ।

जिल्लामा स्थानिय तहको सिफारिसको आधारमा आवतजावत भईरहेको अवस्थामा अव वजार क्षेत्र मात्र नभई सवै क्षेत्रमा पुर्ण रुपमा वन्द गरिने उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ । अति आवश्यक काममा बाहेक अरुबेला घरबाट ननिस्कन समेत सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय दोलखाले विशेष अुनरोध गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!