Search

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ५२० संक्रमित, २०३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ५२० संक्रमित, २०३ जनाको मृत्यु

३१ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ५ सय २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २० हजार ९ सय ९८ पीसीआर र ५ सय ३० एन्टिजेन परीक्षणमा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज कोरोना संक्रमणबाट एकैदिनमा २ सय ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

यस्तै हाल नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ९८ हजार ८ सय ६९ जना होम आइसोलेसनमा र ८ हजार ४ सय ६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १ हजार ३ सय ३४ जना आईसीयूमा र ३ सय ७१ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment