Search

ऐतिहाँसिक होटल सोल्टी र आईएचसी बीच सम्झौता, अब नयाँ ब्रान्डबाट संचालनमा आउने

ऐतिहाँसिक होटल सोल्टी र आईएचसी  बीच सम्झौता, अब नयाँ ब्रान्डबाट संचालनमा आउने

३१ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौंस्थित ऐतिहाँसिक होटल सोल्टी र ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचसी) बीच सम्झौता भएको छ । काठमाडौंमा रहेको होटल सोल्टीको नयाँ नाम दी सोल्टी काठमाडौको रुपमा पुनः ब्राण्डिङ गर्नेगरी उक्त सम्झौता भएको हो ।

सोल्टी होटलका अनुसार पुनः ब्राण्डिङका लागि सम्पुर्ण तयारी पुरा भईसकेको छ । अनेकौं पुरस्कारहरुबाट पुरस्कृत तथा सम्मानित उक्त होटेलको व्यवस्थापन तथा संचालन अव उपरान्त आतिथ्य व्यवसायमा ५४ वर्ष भन्दा बढीको अनुभव प्राप्त संस्था सोल्टी होटेल लिमिटेड आफैले गर्नेछ ।

सोल्टी होटल लिमिटेड नेपालको अग्रणी आतिथ्यसत्कार कम्पनी हो । दी सोल्टी काठमाण्डौंका अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई शेफ काठमाण्डौ पनि रहेको छ । जो नेपालको एक मात्र इनफ्लाइट केटरिंग सेवा प्रदायक हो । यो अन्तराष्ट्रियस्तरको मापदण्डमा संचालित छ साथै यस कम्पनीले आई एस ओ २२००० २०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जिक्युटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा संचालन गर्दछ ।

कम्पनीले नेपालगञ्जमा सोल्टी वेष्टेण्ड प्रिमियरू पाँचतारे होटेल पनि स्थापित गरेको छ र उक्त होटेल सम्युक्त राज्य अमेरिकाको युएस ग्रीन बिल्डिङ्ग काउन्सीलबाट लिड लिडरशिप इन इनर्जि एण्ड एन्वायरन्मेण्टल डिजाईन प्रमाणीकृत नेपालको एकमात्र होटेल हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!