Search

एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त, भोलि साढे २ बजे सपथ

एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त, भोलि साढे २ बजे सपथ

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताका शपथ शुक्रबार लिँदैछन् ।


प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर(राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।

बहुमत नपुग्ने भएपछि कांग्रेस(माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन । त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment