Search

आज एकैदिनमा दोलखामा ८३ जना कोरोना संक्रमण पुष्टि

आज एकैदिनमा दोलखामा ८३ जना कोरोना संक्रमण पुष्टि

अजय प्रधान / बद्री दाहाल
बाँपीझ्याला, दोलखा ।
आज एकैदिन दोलखामा ८३ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लाका कुल १ सय ९१ जनाको पिसिआर परिक्षण गरिएकामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल सम्म एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक भएको बताउनु भयो ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा सब भन्दा बढी तामाकोशी गाउँपालिकाका रहेको छ । जस्मा १३ महिला र २१ गरी ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसै गरी भीमेश्वर नगरपालिकाका भित्र १२ महिला र ५ पुरुष गरि १७ जना, शैलुङ गाउँपालिकाका १३ महिला र १० पुरुष गरि २३ जना, विगु गाउँपालिकाका १ पुरुष, गौरिशंकर गाउँपालिकाका २ पुरुष, वैत्यश्वर गाउँपालिकाका २ महिला, मेलुङ गाउँपालिकाका ३ महिला र १ जना पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय २७ पुगेको छ ।

यसरी आज संक्रमण पुष्टि ८३ जना मध्ये ८२ जना होम आइसोलेसनमा र १ जना अस्पतालको आइसोलेसनमा रहेका जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत सपना केसीले जानकारी दिनुभयो । उक्त संक्रमण मध्य चरिकोट अस्पतालमा २३ जना छन् भने ५ जनालाई रिफर गरेको थाहा भएको छ ।

यसै गरी आजसम्म १२ जनाले कोरोनालाई संक्रमणलाई परास्त गर्दै निको भएका छन् । यसी कोरोना संक्रमणलाई जित्न सफल हुनेहरुमा शैलुङ गाउँपालिकाका ६ पुरुष र ४ जना महिला गरी १० जना र जिरी नगरपालिकाका १ महिला १ पुरुष गरी १२ जना रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!