३० बैशाख, बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।
रामायणमा कसले निभाउनेछ सीताको भूमिका ?
पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकामा लिने हो कि भनेर चर्चा चलिरहेको छ । दुबै नायिकाले आफ्नो करियरमा पौराणिक फिल्ममा अभिनय गरिसकेका छन् । अब हेर्नुपर्ने छ कि सीताको भूमिका कुन नायिकाको पोल्टोमा पर्छ । फिल्मको कास्टको विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।