अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला बिगु गाउँपालीकामा वडा नं. ४ स्थित लाइलाङमा होम आईसोलेसनमा रहेको एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उक्त जानकारी जिल्ला स्थास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले दिनु भयो ।
स्वास्थ्यमा समस्या आएपछी पिसिआर परिक्षणको लागि चरिकोट आएर स्वाव परिक्षणको लागि दिएर होम आईसोलेसनमा रहेको निजको मृत्य भएको थाहा भएको छ । तर ति पुरुषको मृत्यु भईसकेपछी मात्र कोराना पुष्टी भएको थाहा भएको छ ।