Search

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ बालबालिकासहित ४५ जनाको मृत्यु, ३ हजार बढी घाइते

३० बैशाख, बाँपीझ्याला, एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधिबाट अहिलेसम्म १३ बालबालिकासहित ४५ जनाको मृत्यु भएको छ । जसमा तीन जना महिला पनि रहेका छन ।

पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।

प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो ।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!