Search

बागमती प्रदेशसभा सदस्य, सालिन नेता चौलागाई प्रति सिविन नेपालद्वारा शोक व्यक्त

बागमती प्रदेशसभा सदस्य, सालिन नेता चौलागाई प्रति सिविन नेपालद्वारा शोक व्यक्त

बाँपीझ्याला, काठमाण्डौं । कोभिड १९ दोश्रो संक्रमणको कारणले बागमती प्रदेश सभा सदस्य, पहिलो संविधान सभा सदस्य तथा सामाजिक अभियान्ता माननिय पशुपती चौलागाईको यही बैशाख २८ गते मंगलबारका दिन राती मनमोहन मेमारियल अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको खबरले स्तब्ध, मर्माहत भएको उल्लेख गर्दै स्वर्गिय आत्माको चिरशान्तीको कामना सहीत शोक सन्तप्त परिवारजनमा सिविन नेपालद्वारा हार्दिक सम्वेदना व्यक्त गरिएको शोक बिज्ञप्ती जारी गरिएको छ ।

संस्थाका अध्यक्ष माधव प्रधानबाट जारी गरिएको उक्त शोक बिज्ञप्तीमा स्वर्गिय चौलागाई सिविन अभियानका एक सच्चा शुभेच्छुक रहेको उल्लेख गरिएको छ । ग्रामीण विकास टुकी संघ चरिकोट दोलखा र सिविन नेपालद्वारा गृह जिल्ला दोलखामा संचालित ओसिलिपी परियोजना, भुकम्प पछी संचालित बिद्यालय पुनर्निमाण परियोजनाको विशेष प्रसंशक, सहयोगी र शुभचिन्तक रहेको उल्लेख गरिएको छ ।

साथै उहाँ जस्तो शालिन, परिपक्व र व्यवहारिक जन अभियान्ता तयार गर्न मुलुकले धेरै लगानी गरेको र यसर्थ उहाँको असामयिक निधनले मुलुकको लागि अपुरनिय क्षती भएको प्रति दुःख व्यक्त गर्दै पुनः माननिय सदस्य एवं सामाजिक अभियान्ता चौगागाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं भनिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!