Search

दोलखा जिल्लामा बिबाह, ब्रतबन्ध, भोज भतियार र कुल पुजा नगर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको आग्रह

दोलखा जिल्लामा बिबाह, ब्रतबन्ध, भोज भतियार र कुल पुजा नगर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको आग्रह

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार दोलखा जिल्लामा अर्को सूचना प्रकाशित नहुनञ्जेलसम्मको लागि बिभिन्न जात जातीले आ–आफ्नो धर्म, परम्परा, संस्कार र रितिथिती अनुसार गरिने कुनै पनी धार्मीक, सामाजिक क्रियाकलाप गर्न बन्द गरिएको छ ।

यसै गरी उक्त बैठकको निर्णय अनुसार कोभिड १९ को संक्रमण तिब्र रुपमा बढी रहेको बर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गरि दोलखा जिल्लामा पनी सोही अनुसार संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै गएकोले जिल्ला भित्र कुनै पनी जात जाती संग सम्वन्धीत सामाजिक रितीथिती अनुसार गरिने बिबाह, ब्रतबन्ध, कुलपूजा र दिवाली लगायत यस्तै प्रकृतिका धार्मीक, सामाजिक परम्परा, पर्व वा उत्सव सामूहिक रुपमा मानिसहरु भेला गरी गरिने कुनै पनी व्यक्तिगत तथा सार्बजनिक क्रियाकलाप नगर्न नगराउन बिज्ञप्ती प्रकाशन गर्दै जिल्लावासीहरुमा आग्रह गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!