२८ बैशाख, बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला बैतेश्वर गाउँपालीका वडा नं. ४ स्थायी घर भई हाल उपचारको क्रममा काठमाण्डौंमा बस्दै आउनु भएका दोलखा जिल्लाका हस्ती लोकप्रिय नेता एवं बागमती प्रदेशसभा सांसद पशुपती चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य, बागमती प्रदेशसभा सासंद चौलागाई आज राती मनमोहन मेमोरिएल अस्पताल काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो । मृतक चौलागाई कोरोना संक्रमण भएको दुईदिनमै अस्पताल भर्ना हुनु भएको थियो ।
स्वर्गीय चौलागाई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन भएतापनी दोलखा जिल्लावासीले बैचारिक, आदर्शवान र निष्ठावान नेता भएका कारण साझा नेताको रुपमा चिनिन्थे । सोही अनुसार निजलाई सम्मान गर्ने गरको थियो । शिक्षण पेशाबाट आफ्नो राजनितीक यात्रा शुरु गरेका स्वर्गिय चौलागाई दोलखा जिल्लाबाट पटक पटक सासंद पदमा निर्वाचित हुनु भएको थियो ।
आज वहाँको पार्थिव शरिर हामी बिच नरहे पनी वहाँ सधैभरी दोलखाली जनताको मनमा अमर रहनु हुनेछ । स्वर्गीय आत्माको चिरशान्तीको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।
बाँपीझ्याला मिडिया परिवार
दोलखा–काठमाण्डौं