Search

मजदुर नेताको सोह्रखुट्टेस्थित होटलमा जुवाखाल, जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद

मजदुर नेताको सोह्रखुट्टेस्थित होटलमा जुवाखाल, जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद

२८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौंको सोह्रखुट्टे स्थित बहती पोखरीमा निषेधाज्ञाको सयममा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेकालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो ।

जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा होटल संचालक पिताम्बर गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!