Search

‘जुम–जुम’ मा सलमान र दिशा पटानीको केमेस्ट्री

‘जुम–जुम’ मा सलमान र दिशा पटानीको केमेस्ट्री

२८ बैशाख, बाँपीझ्याला, एजेन्सी । राधे योर मोस्ट वान्टेड भाइ’ का हरेक गीतहरुले अहिलेसम्म राम्रो चर्चा बटुलिरहेका छन् ।फिल्म रिलिज हुनभन्दातीन दिनअघि निर्माताहरुले सलमान खान र दिशा पटानीको अभिनय रहेको नयाँ गीत ‘जुम–जुम’ सार्वजनिक गरेका छन् ।

यो अनस्क्रिन जोडीको ‘सिटी मार’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको थियो । अब, रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक भएको छ ।
यस गीतमा सलमान र दिशाको हल्का–फुल्का केमेस्ट्री देखिन्छ ।

यस गीतलाई सुन्दर एमबी भ्यालीमा सुट गरिएको छ । गीतको संगीत साजिद–वाजिदले कम्पोज गरेका छन् । यस गीतलाई कुणाल वर्माले लेखेका हुन् । ऐश किंग र इयूलिया वन्तुरले गीतमा स्वर भरेका छन् र सिजर गोन्साल्विसले यसको कोरियोग्राफी गरेका छन् ।

फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् ।
सलमान खान फिल्म र जी स्टुडियोको प्रस्तुती हो, ‘राधे योर मोस्ट वान्टेड भाई’ । यो फिल्म इदको अवसर पारेर १३ मेइमा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!