२८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । सुमन बस्नेत र मुना कुमालको स्वर रहेको गीत ‘नियतिको खेल…’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियो भने क्रान्ति केसीले निर्देशन गरेका हुन् ।
ध्रुव कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाँकन र निर्देशक केसीकै सम्पादन रहेको छ ।
भिडियोमा छुवाछुतको कथालाई मर्मस्पर्सी रुपमा देखाउने प्रयास गरिएको छ ।