Search

कोरोना संक्रमितलाई अक्सिजन सिसिएमसीले उपलब्ध गराउने

कोरोना संक्रमितलाई अक्सिजन सिसिएमसीले उपलब्ध गराउने

२७ बैशाख, बाँपीझ्याला, काठमाण्डौं रासस। अब कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए ।

यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालयले गर्ने गरेको थियो । “मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ” सूचनामा भनिएको छ ।

आइतवार मात्र सिसिएमसीले सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७ सय ६१ अक्सिजन सिलिण्डर रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!