Search

डब्ल्यूएचओले स्वीकार्‍यो, कोरोनाभाइरस हावाबाट पनि फैलन सक्छ

डब्ल्यूएचओले स्वीकार्‍यो, कोरोनाभाइरस हावाबाट पनि फैलन सक्छ

२६ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको छ । डब्ल्यूएओले भनेको छ । ‘भाइरस खराब भेन्टिलेशन वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्छ जहाँ मानिसहरु लामो समयसम्म बस्छन् किनभने एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्छ ।

डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ । संगठनले कोरोना हावाबाट पनि फैलन्छ भन्ने बारे हालसम्म पर्याप्त जानकारी नभएको बताउँदै आएको थियो ।

ड्रपलेट र एयरोसोलबीच ठूलो भिन्नताः
मानिसहरुले हाच्छिउँ गर्दा, खोक्दा, गीत गाउँदा वा बोल्दा आफ्नो नाक वा मुखबाट भिन्न आकारको थोपा वा छिट्टा निस्कने गर्छ । ड्रपलेटको साइज ५ माइक्रोमिटरभन्दा ठूलो हुन्छ । एयरोसोलको साइज पनि ६ माइक्रोमिटरभन्दा बढी नै हुन्छ ।

ड्रपलेट २ मिटर अर्थात् करिब ६ फिट परसम्म जान सक्छन् । एयरोसोल हावासँगै निकै टाढासम्म जान सक्छ । कोरोना कसरी फैलिन्छ ? चीनमा सन् २०१९ मा कोरोना फैलिए लगत्तैदेखि नै यो प्रश्नमाथि भारी बहस हुँदै आएको छ । वास्तवमा, यो बहसको पछाडि वैज्ञानिकबीच ड्रपलेट र एयरोसोलको विषयमा मतभेद छ ।

हालसम्म धेरैजसो वैज्ञानिकको मान्यता यो थियो कि खोक्दा, हाच्छिउँ गर्दा, गाउँदा, बोल्दा वा मानिसहरुको नाक वा मुखबाट जुन छिट्टा वा थोपा निस्कन्छ, त्यो नै ड्रपलेट हो । अर्थात् त्यसको आकार ५ माइक्रोमिटरभन्दा ठूलो हुन्छ । त्यसमा कोरोनाभाइरस हुँदा पनि त्यो आफ्नो तौलका कारण दुई मिटरभन्दा टाढा जान सक्दैन । गुरुत्वाकर्षणका कारण तल झर्छ ।

अर्थात्, कोरोना हावाबाट फैलिँदैन । यस्तै विशेषज्ञका दोस्रो समूहका अनुसार मुख र नाकबाट निस्कने छिट्टाको आकार ५ माइक्रोमिटरभन्दा कम पनि हुनसक्छ र यो हावासँगै बगेर टाढासम्म जान सक्छ । अर्थात् कोरोनाभाइरस हावाबाट पनि फैलन सक्छ ।

यसरी डब्ल्यूएचओले सन् २०२० जुलाईमा कोरोना भाइरस हावाबाट फैलने कुनै प्रमाण नभएको बताएको थियो । कोरोना फैलन सुरु गरेको सुरुवाती महिनामा त डब्ल्यूएचओले सबैलाई मास्क लगाउनुको साटो संक्रमितलाई मात्रै मास्क लगाउन सल्लाह दिएको थियो ।

सन् २०२० जुलाईमा स्वतन्त्र स्वास्थ्य विज्ञले कोरोनाभाइरस हावाबाट फैलन्छ भनेका थिए । त्यतिबेला डब्ल्यूएओले कोरोनाभाइरस हावाबाट पनि फैलन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएको थियो तर संगठनले लगत्तै यसमा कुुनै प्रमाण नभएको बतायो ।

सन् २०२० को जुलाईमा डब्ल्यूएचओ कोरोना कुनै पनि संक्रमितको सम्पर्कमा आएपछि, उनको नाक वा मुखबाट निस्कने छिट्टा वा भाइरसयुक्त थोपा र फोमिटिज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएको भाइरसबाट फैलने भन्दै आफ्नो पुरानो गाइडलाइनमा कायम रह्यो । यसै वर्ष अप्रिलमा कोरोना फैलने बहसमा निकै ठूलो मोड आयो ।

वैज्ञानिकको एक समूहले चर्चित मेडिकल जर्नल द ल्यासेन्टमा १० प्रमाणसहित कोरोनाभाइरस हावाबाट पनि फैलन्छ भन्ने दाबी गर्यो । यस्तै, अमेरिकामा एमआइटी अर्थात् म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीको अनुसन्धानमा ६ फिट सामाजिक दुरीको नियमको कुनै अर्थ छैन ।

यो कुराको पर्याप्त प्रमाण छ कि खोक्दा वा हाच्छिउँ गर्दा मुख वा नाकबाट निस्कने छिट्टा यति साना हुन्छन् कि ती एयरोसोल बन्ने गर्छ । विशेषगरी बन्द स्थानमा यसले एक सुपर स्प्रेडरको रुपमा काम गर्छ । अनुसन्धानमा अमेरिका, चीन र कोरियामा यसरी कोरोना फैलिएको थुप्रै घटनाबारे जानकारी दिइएको थियो ।

द ल्यासेन्टमा वैज्ञानिकले पेश गरेका थिए यी १० प्रमाणः
१. मानव व्यवहार, कुराकानीको तरिका, कोठाको आकार, भेन्टिलेशन र अन्य कुराको विश्लेषणबाट थाहा हुन्छ कि ड्रपलेट्स (छिट्टा) र फोमिटीज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएको भाइरसले मात्रै कोरोना यति तीब्र रुपमा फैलन सक्दैन ।

२. क्वारेन्टिन होटलमा यो कुराको प्रमाण भेटिएको छ कि एक अर्कालाई नभेटी वा सम्पर्कमा नआउँदा पनि वरिपरिका कोठामा बसेका मानिसहरुमा संक्रमण फैलियो ।

३. कोरोनाको ३३ प्रतिशत देखि ५९ प्रतिशत मामिला लक्षण बिनाका संक्रमितबाट फैलिन्छ जबकी उनीहरु न त खोक्छन् न हाच्छिउँ गर्छन् । यो कुराले के प्रमाणित गर्छ भने कोरोना हावाबाट पनि फैलिन्छन् ।

४. कोठा खुल्ला स्थानमा भन्दा बन्द कोठामा बढी तीब्र गतिमा फैलन्छ । कोठाको झ्याल, ढोका खुला राख्दा फैलने दर कम हुने गर्छ । अर्थात् कोरोना हावाबाट फैलिन्छ ।

५. अस्पतालमा हुने संक्रमण पीपीई लगाएका स्वास्थ्यकर्मीमा पनि देखियो । कारण यो हो कि उनीहरुको पीपीई ड्रपलेटबाट बच्नका लागि त डिजाइन गरिएको छ तर एयरोसोलबाट बच्नका लागि छैन ।

६. विज्ञका अनुसार प्रयोगशालामा कोरोनाभाइरस तीन घण्टासम्म हावामा तैरिरहेको देखिएको छ ।

७. अस्पताल र घरमा राखिएका एयर फिल्टर र डक्टमा पनि कोरोनाभाइरस भेटिएको छ, यस्तो स्थानमा एयरोसोल बिना भाइरस पुग्न सक्दैनन् ।

८. पिँजडामा बन्द जनावरसम्म कोरोना पुग्नुले स्पष्ट पार्छ कि भाइरस हावाबाट पनि फैलिन्छ ।

९. हालसम्म कुनै यस्तो सिद्धान्त सार्वजनिक भएको छैन जसले पुष्टि गर्न सकोस् कि कोरोनाभाइरस हावाबाट फैलिँदैन ।

१०.कोरोना फैलने अन्य तरिका जस्तै नाक–मुखबाट निस्कने ड्रपलेट वा फोमिटिज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिबाट फैलन्छ भन्ने कुराका सिमित प्रमाण छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!