Search

दोलखामा एकशय त्रिपन्नमा कोरोना सक्रमण पुष्टी

दोलखामा एकशय त्रिपन्नमा कोरोना सक्रमण पुष्टी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालीका पहिलो पटक कोरोना संक्रमण हुँदा उच्च जोखिमा रहेको थियो भने अहिले दोश्रो संक्रमणको बेलामा शुन्य रहेको थाहा भएको छ । तर दोश्रो भेरियन्ट सहितको जोखिम जिल्लाको आठ स्थानिय निकायमा संक्रमण फैलिएको छ ।

पहिलो पटक एकपछी अर्कोमा कोरोना संक्रमण थपिन्दै गएको गौरीशंकर गाउँपालीकामा यस पटक भने शुन्यमा राख्न सर्तकता अपनाएको देखिन्छ । तर यस पटक जिल्लाको अन्य भागमा कोरोनाको संक्रमण बढी देखिएको छ ।

यसै गरी ऐतिहासिक सांस्कृतिक शहर दोलखा संग जोडिएको भीमेश्वर नगरपालीकाको मध्य भाग सदरमुकाम चरिकोटमा र पर्यटकिय नगरी जिरी नगरपालीका भने पहिलेको तुलनामा यसपाली ह्वातै कोरोना संक्रमण संख्या बढेको छ । जिल्ला सदरमुकाम भन्दा अलि टाढा रहेको गौरीशंकर गाउँपालिकामा यस पटक २८ वेड क्षमता भएको क्वारेन्टाईन तयारी अवस्थामा राखेको समेत थाहा भएको छ ।

यसरी भीमेश्वर नगरपालीका र जिरी नगरपालीकामा पहिलेको तुलनामा कोरोना संकमणको संख्या बढ्दै गएको देखिन्छ । भीमेश्वर नगरपालीकामा शुक्रबार मात्र १२ जनालाई कोरोना पुष्टी भएको थियो भने हिजो फेरी थप २३ जनामा कोरोना पुष्टी भएको छ । यसै गरी हालसम्म जिरी नगरपालीका कोरोना संक्रमणको संख्या २३ पुगेको छ ।

यस पटक जिरीमा नगरपालीकाका कर्मचारी, स्थानियस्तरका नेता, कार्यकर्ता, जिल्ला समन्वय समितीका उपप्रमुख लगाएत स्थानिय वासिन्दाहरुमा संक्रमण पुष्टी भएको छ । हिजो जिल्लामा शनिबार थप ४२ जना कोरोना संक्रमीत पुष्टी हुनका साथै अहिले सम्ममा जम्मा कोरोना संक्रमणको संख्या १ शय ५३ जना पुगको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!