Search

नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले नेपाललाई ‘रेडजोन’मा, नेपालबाट हुने सम्पूर्ण यात्रालाई मे १७ देखि प्रतिबन्ध

नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले नेपाललाई ‘रेडजोन’मा, नेपालबाट हुने सम्पूर्ण यात्रालाई मे १७ देखि प्रतिबन्ध

२६ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोरोना संक्रमण तिब्र बनेपछि बेलायतले नेपाललाई ‘रेडजोन’ मा राखेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले नेपाललाइ ‘रेडजोन’मा राखेर नेपालबाट हुने सम्पूर्ण यात्रालाई आगामी सातादेखि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि लागु हुनेछ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपल लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, टर्की र माल्दिभ्सलाई रेडजोनमा राखिएको घोषणा गर्नुभयो ।

यात्रा प्रतिवन्ध बेलायती नागरिक बाहेक अन्य मुलुकका नागरिकमा लागू हुने जनाइएको छ ।

रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!