२५ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा कोभिड पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।