Search

चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्ध सिनोफार्मले बनाएको खोपलाई प्रयोगको लागि अनुमति : डब्ल्युएचओ

चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्ध सिनोफार्मले बनाएको खोपलाई प्रयोगको लागि अनुमति : डब्ल्युएचओ

२५ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । चीनको सरकारी मातहतको औषधि उत्पादक कम्पनि सिनोफार्मले बनाएको सिनोभ्याक खोपलाई शुक्रबार बसेको डब्ल्यु एच ओको बैठकले स्वीकृति दिएको हो ।

यो खोप दुई मुख्य चिनियाँ खोप मध्येको एक हो जुन हालसम्म चीन र विदेशमा गरि करोडौं मानिसले लगाइसकेका छन् ।

डब्ल्यूएचओले यसघि फाइजर, एस्ट्राजेनेका, जॉनसन एन्ड जोन्सन र मोडर्नाद्वारा बनाएको खोपहरूलाई मात्र स्वीकृति दिएको थियो ।

यो खोप कोरोनाबिरुद्ध लड्न आपतकालीन प्रयोजनका लागि डब्ल्युएचओको मान्यता पाएको छैटौं खोप हो ।

संगठनका महानिर्देशक तेद्रोस अधानोमले एक छुट्टै विशेषज्ञ प्यानलले सिनोभ्याक खोप १८ वर्ष उमेर माथिका लाई दुई डोज लगाउन सिफारिस गरेको जानकारी दिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!