२४ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोरोनाभाइरसका ९ हजार २३ नयाँ सङ्क्रमित पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या ३ लाख ७७ हजार ६ शय ३ पुगेको जनाएको छ ।