Search

पुर्‍याइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी

पुर्‍याइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी

२४ बैशाख, बाँपीझ्याला, काठमाडौं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ । भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको थाहा भएको छ ।

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियू श्यया अलग्गै छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू श्यया छ । तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकताअनुसार थप गर्दै जाने बताइएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!