२४ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको स्वर रहेको गीत ‘हल्काहल्का लजाएर…’ सार्वजनिक भएको छ । चन्द्र प्रसाईंको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । गीतमा संगीतको केही नयाँ पन प्रयोग गरिएको संगीतकार श्रेष्ठले बताए ।
राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । पछिल्लो समयको सफल र व्यस्त निर्देशक पाण्डेले भिडियोमा भेराइटी दिने कोसिस गरेका छन् ।