२४ बैशाख, बाँपीझ्याला, एजेन्सी । बलिउड अभिनेता अजय देवगण र आनन्द पण्डितले मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । यसमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा छ ।
पछिल्लो साता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ । यसै गरी अजयको निकै प्रशंसा भइरहेको छ । अजयले नै अघि सारेको यस योजनामा पण्डितले साथ दिएका हुन् ।
अब यी दुई जनाले मिलेर भारतका अन्य स्थानमा पनि यस्तै सेवा बिस्तार गर्नेबारे सोचका छन् । ‘आज चिकित्सा क्षेत्रमा निकै ठूलो दबाब छ । यो दबाब खटोस् र बिरामीले पनि उपचार पाउन सकुन् भनेर हामीले यस्तो काम गरेका हौं’ आनन्द पण्डितले भने ।