२३, बैशाख, बाँपीझ्याला, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।