२३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएका कारण पहिले पनी अस्पतालमा रहनु भएको र केही दिन अगाडि मात्र डाक्टरको सल्लाह अनुसार अस्पतालबाट डिस्चार्ज भएका वहाँ अहिले फेरि अस्पताल भर्ना भएका हुन् । अक्सिजनको मात्रा कम देखिएको कारण श्रेष्ठलाई फेरी आजभन्दा तिन दिन अगाडी अस्पताल भर्ना गरिएको थाहा भएको छ ।
बरिष्ठ कलाकार मदन कृष्णको घरमा पनी सबै संक्रमित भएको र त्यसमाथी उहाँमा पनि अक्सिजन कमी देखिएकोले डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुनु भएको भन्ने वहाँको जोडी हास्यकलाकार हरिवंश आचार्यको बताउनु भयो ।
कलाकारीता क्षेत्रमा नेपाली, नेपालको शिर उच्च राख्न सफल बरिष्ठ हास्य कलाकार आदरनिय मदन कृष्ण श्रेष्ठज्युको सिघ्र स्थास्थ्य लाभको कामना गर्दछौं ।
बाँपीझ्याला डटकम परिवार