Search

बलात्कार कसुरमा आठ वर्ष कैद

बलात्कार कसुरमा आठ वर्ष कैद

२२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं, किमाथाङ्का । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन आदेश र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईंले बताए । पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!